बैतडी:
बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको पाटन नगरपालिका- २ जलकुडाकी ४० वर्षीय लक्ष्मी ऐरको सोही वडाको महारुद्र भिरबाट लडेर मृत्यु भएको हो । शनिबार घास काट्ने क्रममा लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए । ऐर भिरबाट लडेर करिब १० मिटर तल ग्रामिण सडकमा परेकि थिइन् ।
मृतक ऐरका श्रीमान रोजगारीको शिलसिलामा भारतमा रहेका छन् । अन्य पारिवारिक विवरण खुल्न सकेको छैन ।