दार्चुलामा जिप दुर्घटना, तीन जना घाइते

बैतडी:

दार्चुलाको शैल्यशिखर नगरपालिका-३ कर्कलेमा जिप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् ।

शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर बजारबाट बैतडीको डिलाशैनी गाउँपालिका-३ गिरीबगड जाँदै गरेको से.१ ज.११०४ नम्बरको जिप शनिबार दुर्घटना हुँदा चालकसहित ३ जना घाइते भएका हुन् ।

घाइते हुनेमा चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ का ३३ वर्षीय मानसिंह टमटा,जिपमा सवार डिलाशैनी गाउँपालिका-३ का ३० वर्षीय दिपक लुहार र डिलाशैनी-३ की ३० वर्षीया किरन कामी घाइते भएका अस्थायी प्रहरी पोष्ट गोकुलेश्वरका प्रहरी साहयक हवलदार मिनबहादुर नाथले बताए ।

उनका अनुसार चालक मानसिंहको टाउँको र छातीमा चोट लागेको छ । लुहार र कामीको टाउको र मुखमा चोट लागेको छ । घाइतेहरुको अहिले मालिकार्जु अस्पतालमा उपचार भइरहेको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.