डडेल्धुरा :अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्षमा डडेल्धुराका बिद्यार्थी नेता लालबहादुर पाण्डेलले उम्मेदवारी दिएका छन् ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुँदै सचिव समेत रहेका पाण्डेयले आफुले खुल्ला उपाध्यक्षमा उम्मेदवारी दिएकाले मत दिन आग्रह गरे ।
अखिल क्रान्तिकारीको नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी दिएका छन् । अध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दिएकोमा विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन समितिले शुक्रवार प्रकाशित गरेको अन्तिम नामावलीमा अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा र उपदेश यादवको उम्मेदवारी कायमै छ । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्यसहित २४३ जनाको शनिवार निर्वाचन हुँदैछ ।