ललित बाेहरा, बैतडी; स्थानीय तह स्थापनाको करिब ७ बर्षसम्म बैतडीको मेलौली नगरपालिकाले एक खेलमैदान समेत बनाउन सकेको छैन् । खेलमैदान नहुँदा नगरस्तरिय खेलकुदहरु सुदूरपश्चिमको प्रसिद्ध मेलौली भगवती मन्दिरको प्राङ्गणमा खेलकुद गरिरहेको छ ।
मन्दिरको प्राङ्गणमा खेलमैदान गर्न नहुने भन्दै यहाँ स्थानीय तथा मेलौली धार्मिक सेवा समितिले बिरुद्ध समेत जनाएका थिए । मेलौली धार्मिक सेवा समितिले फिल्ड नदिने निर्णय समेत गरेको थियो ।
नगरपालिकाले आग्रह सहितको लेखित पत्रपठाएपछि फोहर मैलाको व्यस्थापन पालिकाले गर्ने शर्तसहित अन्तिम पटकका लागि समिति र सरोकारवालाको बैठकमा नगरपालिकालाई खेल सञ्चालन गर्ने अनुमती दिएको समितीका अध्यक्ष जगदीश नायकले बताए ।
प्रसिद्द मेलौली भगवती मन्दिर अगाडी शुक्रबार मेलौली नगरपालिकाले नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ ।
चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मेलौली भगवती मन्दिरको प्राङ्गणमा सञ्चालमा आएको हो । प्रतियोगितामा मावि तहका १२ वटा विद्यालयको सहभागिता रहेको मेलौली नगर खेलकुद विकास समितिले बताएको छ ।
नगर खेलकुद विकास समिति अध्यक्ष सागर भण्डारीलेको अध्यक्षतामा सुरु भएको प्रतियोगिताका प्रमुख अतिथि मेलौली नगरपालिकाका नगर प्रमुख भिम बहादुर चन्द रहनुभएको थियो । बिशिष्ट अतिथिमा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादर चन्द रहनु भएको थियो ।
प्रतियोगितामा शुक्रबार चारवटा खेलहरु सम्पन्न भएका खेलकुद ब्यवस्थापक मुकेशकान्त दयालले बताए । प्रतियोगिता माघ १३ गते सम्पन्न हुने मेलौली नगर खेलकुद विकास समितिले जनाएको छ ।