सिटिइभिटी पाटन बैतडीका शिक्षक बिष्ट मृत फेला

बैतडी : भिमदत्त बहुप्राविधिक शिक्षालय पाटन बैतडीका शिक्षक सुरेन्द्र बिष्ट मृत फेला परेका छन् । शिक्षालयमा कृषि सहायक प्रशिक्षक पदमा कार्यरत बिष्ट मृत फेला परेका हुन् ।

सिटिइभिटीको आफ्नै आङ्गिक शिक्षालय भिमदत्त बहुप्राविधिक शिक्षालयमा अध्ययापन गराउने शिक्षक बिष्टको शव रुपन्देहीमा झुन्डिएको अवस्थामा मृत फेला जनाएको छ ।

जिल्लाकाे दोगडाकेदार गाउँपालिका-८ कालागाँउ घर भएका अन्दाजी २५ बर्षीय विष्ट शुक्रबार अपराहन्न ४ बजरे १० मिनेटको समयमा रुपन्देहीकाे वनमा झुन्डिएको अवस्थामा मृत फेला परेको हुन्।

बुटवल उपमहानगरपालिका ७ शिवनगरस्थित सामुदायिक वनमा रुखमा झुन्डिएको अवस्थामा एक पुरुष मृत फेला परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा बायाँ जुत्ताको तुनाले आफैँले पासो लगाएको देखिएको छ। उनको खल्तीमा नागरिता भेटिएको र त्यसकै आधारमा उनको नाम, ठेगाना खुलेको प्रहरीले बताएको छ।

अहिले पोष्टमआटम लागि अस्पताल ल्याईएको र थप विवरण पोष्टमआटमपछि आउने जनाइएको छ। घटनाबारे अनुसन्धान भईरहेको रुपन्देही प्रहरीले जनाएको छ। पारिवारी स्रोतका अनुसार बिदाको समय मिलाएर उनी जडीसको उपचारका लागि काठमाण्डौ गएका थिए ।

काठमाण्डौबाट बसमा घर फिर्ता आएको जानकारी घरपरिवारलाई दिएका थिए । तर जग्गा कारोबार गरेका उनी ५ दिन देखि कसैको सम्र्पकमा नरहेको बुझीएको छ । उनको ५ बर्षीय छोरी र ४ महिनाको छोरा छ ।

६ गतेबाट उनी शिक्षालयमा हाजीर नभएको शिक्षालय पाटनले जनाएको छ ।

जिल्ला अस्पतालमा चेकजाँच गराउँदा उनमा जण्डीसको समस्या देखिएकाले थप उपचारका लागि काठमाण्डौं गएका शिक्षालय प्रमुख जीवन पन्तले बताए ।

शिक्षालयमा कार्यरत एक कुशल प्रशिक्षकको निधनको खबरले शिक्षालय परिवार शोकमा डुबेको छ । घटनाका बिषयमा निष्पक्ष छानबीन गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.