बैतडीमा भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि कालिगढलाई तालिम

 

ललित बोहरा (पाटन) बैतडी : बैतडीमा भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि कालिगढलाई ७ दिने तालिम दिइएको छ । जिल्लाको १० औँ नयाँ शहर पाटनका १० वडाका ३० जना कालिगढ अर्थात घर निमार्ण गर्ने मिस्त्रीलाई तालिम दिएको हो ।

नयाँ शहर आयोजनाको कार्यालय पाटन बैतडीले भूकम्प प्रतिरोधात्मक विधीबाट भवन निर्माणका लागि कालिगढीलाई प्रयोगात्मक ७ दिने तालिम दिएको आयोजना उपप्रमुख सौरभ कलौनीले बताए ।

माघ ६ गतेदेखी १२ गतेसम्म कार्यालय परिसरमै आयोजित तालिमको शनिबार एक औपचारिक कार्यक्रमका बिच समापन गरिएको छ ।

तालिममा भूकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्दा सामग्रीको गुणस्तर, जग र जगका प्रकार, कस्तो स्थानमा कस्तो जग राख्ने, पिलर निर्माण, रिङ्ग बाँध्ने तरिका, रिङ्ग र छडको संख्या, पिलर र बिमको जोर्नी, गाह्रो बन्धन, भूकम्पले पु¥याउने क्षती तथा विभिन्न डिजाइनका घर निर्माण सम्बन्धी विभिन्न तालिम प्रदान गरिएको आयोजकले जनाएको छ । तालिमबाट केही नयाँ कुराहरु सिकीएको २५ बर्षबाट घर निमार्णको काममा संलग्न पाटन नगरपालिका १ डंसिलीका नैन सिह बोहराको भनाई छ । उनले भने, ‘तामिलमा इजिनियरहरुले नयाँ कुरा सिकाउनु भएको छ त्यो अब हामी फिल्डमा भोलीबाटै लागु गछौँ।’

समापन समारोहमा पाटन नगरपालिका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी गौरी सिह रावलले प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण गरेका थिए। तालिमको समापनमा बोल्दै नगर प्रमुख रावलले दक्ष कालिगढले बनाएका घर तथा कार्यालयहरु भूकम्प प्रतिरोधात्मक बिधिबाट बन्ने विश्वास व्यक्त गरे । उनले अब पाटनमा बन्ने घरहरु नक्सा पास गरेर मात्र बनाउन सबैमा आग्रह गरेका थिए ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथी कमल सिह बोहरा अपीले घर निमार्ण गर्नेमा कालिगढको महत्पुर्ण भुमिका हुने बताए ।  ‘घर बनाउने घर धनीले जस्तो भनेको छ त्यही गर्ने हैन प्राविधिक रुपमा के राम्रो हो त्यही गर्नुस भनेर सुझाव दिनस हैन भने बनाउन छोड्नुस ।’ नगर उप प्रमुखले भने, ‘गाडीका सबै उपकरणा ठिक नभए चालकले गाडी अगाडी बढाउदैन्र भन्न पाउछ ।’

कार्यक्रममा सहभागि प्रशिक्षार्थीको परिक्षा समेत लिएको छ । जसमा पाटन नगरपालिका १ का नन्दराज भट्टराई प्रथम भएका छ भने द्धितीय मानसिह ठगुन्ना, भरतराम विक, लालीराम लुहार र नारायण सिह बिष्ट भएका छन् ।

यस्तै तृतीय धर्मानन्द पन्त र हरिष बिष्ट भएको छन् । समापनमा नगर प्रमुख रावल, उपप्रमुख बोहरा, वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्र बिष्ट लगायतका अतिथिहरुको उपस्थीत रहेको थियो ।नयाँ शहरले हरेक बर्ष कालिगढलाई तालिम दिइरहेको जनाएको छ ।

१० ओटा शहरलाई नमुना शहरको रुपमा विकसित गर्ने निर्णयसंगै दशौं शहरको रुपमा रहेको पाटनमा जग्गा एकीकरणको काम अझै अघि बढ्न सकेको छैन। पाटन नयाँ शहर घोषणा भएको एक दशक बढी भईसक्दा समेत जग्गा एकीकरणको काम अघि बढाउन विभिन्न समयमा यहाँका स्थानीय नागरिकसंग छलफल भएको छ ।

करीब २ लाख मानिसको बसोबास गराउने, आधुनिक शहरका सुविधा सहित व्यवस्थित शहर बनाउने योजना रहेको भएपनि नयाँ शहरको काम सन्तोषजनक रुपमा अगाडि बढ्न सकेको छैन् ।

 

 

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.