पाटन नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य उद्घाटन (फोटोफिचर)

ललित बोहरा/बैतडी : बैतडीको पाटन नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाट गरिएको छ । नगरपालिका वडा नम्बर ९ को ज्ञानेश्वर नमुना माविको खेलमैदामा बुधबारदेखि नगरस्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

               

पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलको सभाध्यक्षतामा आयोजना भएको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी रहनु भएको थियो ।

उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल रहेका थिए । यसैगरी रनिङ सिल्डको उद्घाटन समारोहमा प्रदेश सभा सदस्य जानकी ऐर बम, जिल्ला खेलकुद विकास समिति अध्यक्ष चमन कुमार भण्डारी, पाटन नगर उपप्रमुख कमल बोहरा, पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर राज जोशी, पाटन नगरपालिकाका सामाजिक विकास समिती सयोजक तथा वडा न ८ का वडा अध्यक्ष एवं ज्ञानेश्वर माविका विव्यस अध्यक्ष हरिश बिष्ट, वडा न ९ का वडा अध्यक्ष कालू सिंह भाट, वडा न १ का वडा अध्यक्ष तर्क सिंह ठगुन्नालगायत वडाध्यक्षहरु, विभिन्न विधालयका व्यवस्थापन समिती अध्यक्षहरु, खेल शिक्षकहरुको सहभागिता रहेको थियो ।

मन्त्री भण्डारीद्वारा उद्घाटन भएको रनिङ सिल्ड ती दिनसम्म चल्ने छ। ज्ञानेश्वर माविको खेलमैदानको स्तरवृद्धिको माग गर्दै विव्यस अध्यक्ष हरिश बिष्टले मन्त्री दामोदर भण्डारीलाई ज्ञापन पत्र पेश गरेका थिए ।

खेलमैदान फराकिलो बनाउनु पर्ने र क्रीकेट खेल आयोजना गर्न लायक बनाउनको लागि आवश्यक पहल गर्न माग गर्दै ज्ञापनपत्र पेश गरिएको विव्यस अध्यक्ष बिष्टले बताए ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका मन्त्री पालले बैतडीको विकासको लागि आवश्यक सहकार्य गरिरहेको जानकारी गराए । समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले खेल क्षेत्रको विकास भैरहेको र सरकारले पनि खेलकुदको क्षेत्रमा सहयोग गरिरहेको बताए ।


राजनितिक स्थायित्वको लागि वर्तमान गठमबन्धनको सरकार प्रतिबद्ध रहेको अवगत गराए ।  यस वर्षको रनिङ सिल्डमा १४ सामुदायिक र १ सस्थागत गरि १५ विधालयको सहभागिता रहेको छ ।  तीन दिन सम्म चल्ने प्रतियोगिताबाट उत्कृष्ट प्रदर्सन गर्ने खेलाडी पालिकाको लागि छनौट हुने छन् ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.