एसईईको नतिजा सार्वजनिक

काठमाडौं:

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल (नतिजा) प्रकाशन गरेको छ। बोर्डको बैठकको निर्णयानुसार केही समय अगाडि नतिजा सार्वजनिक भएको हो।

२०७९ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा बेवसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुने बोर्डले जनाएको छ। अबको केही समयपछि बेवसाइट, एसएमएस र आईभीआरमार्फत् आफ्नो नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

एसएमएस र आईभीआरबाट नतिजा प्रकाशनका लागि नेपाल टेलिकमसहित ५ वटा कम्पनीले स्वीकृति पाएका थिए। यस्तै, १४ वटा बेवसाइटबाट एसईईको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका साथै बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० को बेवसाइटबाट पनि नतिजा हेर्न सकिनेछ।

Leave A Reply

Your email address will not be published.