ललित बाेहरा,बैतडी : बैतडीको पाटन नगरपालिकाले अहिले अन्तरपालिका समन्वय बैठक तथा अनुभव आदान प्रदानको प्रयास जारी राखेको छ ।
जस अन्र्तगत पाटन नगरपालिकाका उपप्रमुख कमल सिह बोहरा (अपी)को नेतृत्वमा जिल्लको मेलौली नगरपालिका र सुर्नया गाउँपालिकामा उपलब्ध जनप्रतिनिधी र कर्मचारीसंग बैठक सम्पन्न गरेको छ ।
मेलौलीमा नगर प्रमुख भिमबहादुर चन्दको अध्यक्ष तथा सुर्नयामा अध्यक्ष अमरबहादुर कुवँरको अध्यक्षतामा सम्पन्न बैठकले पाटन नगरपालिकासंग प्राकृतिक सम्पदादेखी विपदमा सहकार्य गर्ने प्रतिब्द्धता जनाएका छन् ।
एक पालिकाले बनाएका कार्यविधि, ऐन, निति नियमलाई अर्काेले साटासाट गर्ने जनप्रतिनिधीहरुको भनाई छ । आफ्नो स्थानीय तहसंग भएका
दमकल तथा एम्बुलेस र सामाजिक सुरक्षाका लागि विपदका कार्यमा सहकार्य निर्णय गरेका छन् । साथै पाटन नगरपालिकाले संञ्चालन गरेको अल्पकालिन सुरक्षीत आवास गृहलाई आर्थिक सहयोग गर्ने निर्णय समेत गरेका छन् ।
मंगलबार सुर्नया गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय रौलेश्वरमा बसेको अन्तरपालिका समन्वय बैठकले पत्तालभुमेश्वर क्षेत्रको विकासमा सहकार्य गर्ने, सुर्नया गाउँपालिकामा मुहान भएर पाटन नगरपालिकाका नागरिकले प्रयोग गर्दै आएको खानेपानीका मुहान सुर्नया गाउँपालिको संरक्षण गर्ने र पाटन नगरपालिका र सुर्नयासंग जोडिने सडक सञ्जालमा छलफलका माध्यमबाट निमार्ण सहकार्य गर्ने अध्यक्ष कुवँरले बताए ।
बैठकमा शाखागतरुपमा छलफल गर्दै अनुभव आदान प्रदान समेत गरिएको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोगराज जोशीले बताए ।
बैँठकमा गाउँपालिका प्रबक्ता प्रताब महराले समन्वय बैँठकलाई निरन्तता दिनु पर्नेमा जोड दिए । उनले पाटन नगरपालिकाले पनि प्रबक्ता राख्नु पर्ने लगायतका सुझाव दिए ।
उनले भने, ‘पाटनले गर्ने सेवा प्रवाह र सुर्नयाले गर्ने सेवा प्रवाहका बिषय छलफल तथा अनुभव आदान प्रदान गरिएको छ।, यसले दुवै पालिकालाई फाईदा पुग्ने विश्वास छ ।
’सडक सफाई, न्यायीक समिति उजुरी, करको दायरा बढाउने, प्रधानमन्त्री स्वरोजगारमा साझेदारी, बिद्यालय समायोजन, निकासी कर, पुल निमार्ण लगायतका बिषयमा केन्द्रीयत रहेर बैठकमा छलफल भएको पाटन नगरपालिका उपप्रमुख बोहराले बताए ।
सडक सरसफाईमा धेरै खर्च हुन्छ भने आम गुनासोपछि सुर्नया गाउँपालिकाले इन्धन खर्चका लागि रकम विनियोजन गरेर गाउँपालिकाको आफ्नो मेसिनले सरसफाई गर्ने गरेको प्रमुख प्रशासकिय अधिकृत जोशीले बताए ।
जस्तै अध्यक्ष कुवँरले बिद्यार्थी न्यून भएका बिद्यालय समायोजन बिस्तारै गरिरहेका बताए । १६ बिद्यालय मर्ज गर्ने निर्णय गरेकोमा अहिले ६ बिद्यालय मर्ज गर्ने सकिएको बताए । बिद्यालय मर्ज गर्ने बिद्यालयको खातामा १ लाख ५० हजार गाउँपालिकाले अनुदान दिने गरेको उनले अनुभव सुनाए ।
समन्वय बैठकलाई निरन्तता दिइने जनप्रतिनिधीहरुले जनाएका छन् ।