धार्मिक तथा पर्यटकीय स्थल बन्दै रामेश्वर धाम (फिटोफिचर)

पाटन: रामेश्वर धाम धार्मीक तथा पर्यटकीय स्थल बन्दै गएको छ । बैतडी जिल्लाको पाटन नगरपालिका ६ मा पर्ने रामेश्वर धाममा मन्दिरसंग अन्य भौतीक संरचनाहरु निमार्ण भएपछि पर्यटकीय स्थल बन्न लागेको हो ।

सुर्नया नदिका किनाराको सानो टाकुरो जस्तै देखीने स्थानमा रहेको रामेश्वरधाममा अहिले १० लाखको प्रदेश सरकारबाट नयाँ धार्मीक भवन निमार्ण भइरहेको संरक्षण समितीका संयोजक तथा पाटन नगरपालिका नगर उपप्रमुख कमल सिह बोहराले बताए ।

उनका अनुसार ३ लाख लगानीमा पाटन नगरपालिकाले पिसीसीबाटो निमार्ण गरेको छ । स्थानीय भक्तजनको करिब २ लाखको लगानीमा स्नानघर समेत निमार्ण भइरहेको मन्दिर निर्माण समितिका अध्यक्ष रामसिंह विष्टले बताए ।

मानसखण्ड पुराणमा उल्लेख भएअनुसार पाटन नगरपालिका–६ को चौखुडामा रामेश्वरम् धाम पर्ने उल्लेख गरिएको दाबी जगतगुरुको छ । नेपालका प्रथम ऐतिहासिक जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले अध्ययन तथा अनुसन्धान गरेअनुसार ज्योर्तिलिङ्ग स्थापना गरिएको रामेश्वरधाम संरक्षण समितिका संयोजक बोहराले जानकारी बताए ।

माघ महिनामा रामेश्वरधाममा स्नान गर्नेको भिड लाग्ने गरेको छ । तीर्थको महिमाका बारेमा पुराणमा उल्लेख गरिएको भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको थियो । अहिले विकाश निमार्णसंगै प्रचारप्रसारमा समेत स्थानीय सरकाले जोड दिएको नगरप्रमुख गौरी सिह रावलले बताए ।

us dintal patan
Leave A Reply

Your email address will not be published.