डडेल्धुरामा यौन दुव्र्यवहारको आरोपमा युवक पक्राउ

डडेल्धुरामा यौन दुव्र्यवहारको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको आलितालबाट बाल यौन दुर्व्ययहार गरेको आरोपमा विक्रमबहादुर विष्ट पक्राउ परेका हुन्।

आलिताल गाँउपालिका वडा नम्बर ६ रन्तोलाका २६ वर्षिय विष्टलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो। उनी विवाहित पुरुष हुन्। उनले १५ वर्षीया बालिकालाई यौन दुव्र्यवाहर गरेको आरोप छ। उनले बुधवार अपरान्न बालिकालाई यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा निवेदन परेको थियो।

घटनामाथि थप अनुसन्धान जारी रहेको डडेल्धुरा प्रहरीले बताएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!