पाटन-१ मा मनाइयो जनयुद्ध दिवस, उपचारर्थ कलावतीलाई आर्थिक सहयोग

बैतडी : नेकपा माओवादी केन्द्र पाटन नगरपालिका-१ समितिले ३०औं जनयुद्ध दिवस मनाएको छ ।

वडा समितिका अध्यक्ष नन्दराज भट्टराईको अध्यक्षतामा जनयुद्ध दिवसको कार्यक्रममा प्रमुख अतिथि पाटन नगरपालिका-१ का वडा अध्यक्ष तर्कसिह ठगुन्ना रहेका थिए ।

३०औं जनयुद्ध दिवसको अवसरमा रुखबाट लडेर कमर भाचिएकी कलावती दयाललाई १० हजार आर्थिक सहयोग गरिएको नेकपा माओवादी केन्द्र पाटनका सचिव देवराज भट्टराईले बताए ।

कलावतीको कैलालीको सेती अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अभावले उपचारमा समस्या भएको जानकारी आएपछि माओवादी केन्द्रका नेता तथा कार्यकताले आर्थिक सहयोग गरेको हो ।

अन्र्तक्रिया तथा बहस कार्यक्रममा जनयुद्धका शहिद परिवारलाई सम्मान पनि गरिएको वडा अध्यक्ष तर्क सिह ठगुन्नाले बताए । उनका अनुसार पुर्वप्रधान पञ्च लालबहादुर चन्दले नेकपा माओवादी पार्टी प्रवेश गरेका छन् ।

२०५२ फागुन १ गते माओवादीले देशभर विद्रोह सुरु गरेको दिनको सम्झनामा माओवादी धारका पार्टीले ‘जनयुद्ध दिवस’ मनाउँदै आएका छन् ।

जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको ऐतिहासिक संघर्षको दिनका रुपमा स्मरण गरेका छन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.