बैतडी : बैतडीको नेकपा माओवादी केन्द्र पाटन नगर कमिटिले ३० औँ जनयुद्ध दिवस मनाइएको छ ।
बिहीबार पाटन नगर कमिटिको आयोजनामा खोड्पे बजारमा जनयुद्ध दिवस मनाइएको हो । जनयुद्ध दिवसको अवसरमा एक आपसमा सुभकामना आदानप्रदान गरिएको र जनयुद्धले ल्याएको परिवर्तनमा विषयमा छलफल गरिएको पाटन नगरपालिका-८ का वडा अध्यक्ष एवं माओवादी केन्द्रका पाटन नगरकमिटि इन्चार्ज हरिश बिष्टले बताए ।
कार्यक्रममा वडा अध्यक्ष बिष्टसहित वडा नं ९ का वडा अध्यक्ष कालु सिंह भाट, पाटन नगरकमिटि अध्यक्ष राम सिंह बिष्ट एवं माओवादी केन्द्रमा आवद्ध नेता कार्यकर्ता लगायत सुभेच्छुकको सहभागिता रहेको थियो ।