ललित बाेहरा : बैतडी : नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ देशमा सुशासनको अभियान माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड नेतृत्वमा थालेको बताएका छन् ।
आज (आईतबार) परशुराम नगरपालिका–४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस स्वर्ण जयन्तीको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हाम्रो नेतृत्वको सरकारले सुशासनको अभियान चलाएका हौ अब त्यो अभियान गर्ने कि नगर्ने?’
हाम्रो नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको उनको दाबी छ ।
भ्रष्टाचार न्युनिकारणका लागि आफु गृह मन्त्री हुँदा गरेको काम आम जनतालाई जानकारी नै रहेको उनको भनाई थियो । सगग्र देशको कुल बजेटको २० प्रतिशत लगानी शिक्षा क्षेत्र गर्नु पर्ने पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोड दिए ।
उनले विकासको मुद्धामा तीन तहकै सरकार, सबै राजनितिक दलको साँझा धारणा हुनु पर्ने बताए । ‘तिर्थस्थलबाट म मन भित्रबाट भन्छु- आधारभुत विकासमा सहमती कायम गरौँ, आर्थिक र समाजजिक रुपान्तरका लागि सहमती आवश्यक छ, देश बनाउन सकिन्छ बनाए छोड छौँ, यो देश सुन्दर शान्त र समृद्ध देश हुन्छ ।’
उनले प्रदेशको गौरवको आयोजना दैजी जोगबुडा सडक निमार्णका लागि यहाँका सबैले मिल्नु पर्ने बताए । उनले महाकाली नदिमा मोटेरेबल पुलको बिषय प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण गएको समयमा पहल भएको बताए ।
भागेश्वर माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस स्वर्ण जयन्ती समारोह अध्यक्ष शेरसिह माल डाइमण्डको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्यहरु, केन्द्र प्रदेश तथा जिल्ला स्तरका सबै राजनितीक दलका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
स्वर्ण जयन्तीमा बिद्यालयले भलिबल प्रतियोगता तथा कलाकारहरुको प्रस्तुती समेत राखेको छ ।