पाटन नगरपालिका बैतडीः प्रमुख प्रशासकिय अधिकृतकाे जिम्मेवारी उप सचिव पौडेललाई

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७१ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले विभिन्न निकायमा कार्यरतसहित ३९ जना नवनियुक्त उपसचिवहरूलाई व्यवस्थापन तथा फेरबदल गरेको हो। इन्फो खबर प्राप्त विवरणअनुसार, यी उपसचिवहरूको सरुवा तथा पदस्थापन विभिन्न मन्त्रालय, विभाग, कार्यालय तथा अन्य निकायहरूमा गरिएको छ।

मन्त्रालयले नवनियुक्त ३९ जना उपसचिवहरूलाई स्थानीय तहमा पदस्थापन गरेको छ । साथै, सोही मिलान प्रक्रिया अन्तर्गत थप ३२ जना उपसचिवहरूको सरुवा गरिएको छ । जसमा बैतडी जिल्लाको पाटन नगरपालिका गृह मन्त्रालयमा कार्यरत उप सचिव सुवास पौडेललाई खटाएको छ । यहाँ रहेका उप सचिव अमरराज जोशीलाई बाजुरा खटाएको छ । पाटनमा ४ महिनामै मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत फेरिदिदाँ नियमित कामकाजमा समस्या हुने गरेको नगर प्रमुख गौरी सिह रावलले बताए ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!