नाबालिक बलात्कार आरोपमा बैतडीमा एक जना पक्राउ

बैतडी: 

बैतडीमा नाबालिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोटका २० वर्षिय राकेश कुँवर करणी आरोपमा पक्राउ परेका हुन्।

कुँवरले पुर्चौडीकै नाबालिक किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बिहीबार पक्राउ गरिएको र अदालतबाट म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए । अभियुक्त कुँवरलाई अहिले इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.