बैतडी : भूमि समस्या समाधान आयोग बैतडीले सरोकारवालाहरू सम्मिलित परामर्श बैठक सम्पन्न गरेको छ ।
शोमबार बैतडी सदरमुकाममा आयोगका बैतडी अध्यक्ष रमेश पाण्डेयको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य शिवराज भट्टको प्रमुख आतिथ्यतामा राजनीतिक दल तथा आयोगका पूर्व अध्यक्षहरू, समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवालाहरू सहभागितामा परामर्श बैठक सम्पन्न भएको हो ।
छलफलमा सहभागी पूर्व अध्यक्ष धर्मसिह ऐर कपिलले आफन्तो एक बर्ष छ महिनाको कार्यकालमा भएका गरेका कार्यसम्पादन सार्वजनिक गरे । उनले आफुनो कार्यकालमा १० वटै स्थानीय तहलाई भुमि आयोग केन्द्र कार्यालयमा सम्झैता गर्ने सफल भएको बताए ।
उनले दोगडाकेदार र डिलाशैनी गाउँपालिका बाहेक ८ वटै स्थानीय तहले तथ्याङक संकलनको काम समेत गरेको बताए । बैतडीका ८ स्थानीय तहमा कुल २ हजार एक सय २१ भुमिहिन, अव्यवस्थीत बसोबासी, सुकुम्बासी, भुमिहिन दलितको निवेदन संकलन भएको निर्वतमान अध्यक्ष ऐरले बताए ।
उनले स्थानीय तहले पहिलो प्राथमिकतामा यो कार्यक्रम राखेको भए अहिलेसम्म धेरै भुमिहिन सुकुम्बसीको समस्या समाधान गरी सक्ने दाबी गरे । उनले अब पनि स्थानीय तहले सहयोग नगरे लालपुर्जा वितरण गर्ने समस्या आउन तिर ध्यान दिन नव नियुक्त अध्यक्ष पाण्डेललाई सुझाव दिए ।
उनले आफुले गरेको कार्यप्रगती अध्यक्ष पाण्डेलाई हस्तातरण गरे । दुई पूर्व अध्यक्षको कार्यकालमा भएका कामकाजको कुनै कागजपत्र नभटिएको ऐरको भनाई थियो ।
यस्तै कार्यक्रममा बोल्दै भुमि आयोगका पूर्व अध्यक्ष तथा नेकपा एमाले बेतडीका अध्यक्ष नरेश विकले भुमि आयोगलाई सबै राजनितीक दलले सहयोग गर्नु पर्ने बताए । उनले आफ्नो कार्याकाल ५ महिना भएकाले धेरै काम गर्ने नपाएको बताए । उनले निवेदन संकलनको काममा स्थानीय तहले चासो नदेखामा भुमी समस्या समाधान गर्ने कठिनाइ हुने बताए।
अर्को पूर्व अध्यक्ष महादेव भट्टले आयोगको काम जिल्ला समन्वय समिति जस्तै भएको बताए । उनले सबैजस काम स्थानीय तहलाई दिएकाले आयोगको समन्वय गर्ने काम भएकाले स्थानीय तहले सहयोग गर्नु पर्ने बताए । उनले राजनितीक अस्थीरताले भुमीहिनहरुले जग्गा नपाएको दुख व्यक्त गरे ।
परामर्श बैठकमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले प्रशासन कार्यालय र कर्मचारीहरुको तर्फबाट गर्नु पर्ने निती, निर्देशिका अनुसारको काम गर्ने तयार रहेको बताए ।
कार्यक्रमका प्रमुख आतिथी सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य शिवराज भट्टले भुमिहिनलाई जग्गा उपलब्ध गराउने बिषयमा राजनिती गर्न नहुने धारणा राखे । उनले प्रदेश सरकारले र आफुले गर्नु पर्ने सहयोगका लागि तयार रहेको बताए । बैठकमा महत्वपूर्ण मार्गदर्शन प्राप्त भएकाले आत्मासत गर्दै काम गर्ने अध्यक्ष पाण्डेले प्रतिब्धता व्यत्त गरे । आयोगको केन्द्र कार्यालयले अमिन लगायतका पदमा कर्मचारीका लागि विज्ञापन जारी गरेकाले बैतडीमा पनी तीनदेखी चार जना कर्मचारी आउने संम्भावना रहेको आयोगका सदस्य सचिव नापी कार्यालय बैतडीका प्रमुख रणसिह रावलले बताए ।