डडेल्धुरा : डडेल्धुराको अजयमेरु कोटमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ। बुधबार अजयमेरु कोटमा विशेष समारोहको आयोजना गदैए जिल्ला समन्वय समितिको समन्वय र अजयमेरु गाउँपालिको आयोजनामा ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको हो। अजयमेरु कोटको संरक्षण हाम्रो पहिचान, श्रमको सम्मान र राष्ट्रको अभियान भन्ने मुल नाराका साथ गाउँपालिकाले अजमेरुकोटको प्रचार प्रसारसहितका कार्यक्रम आयोजना गरेको जनाएको छ ।
प्रसिद्ध ऐतिहासिक तथा प्राचिन अजयमेरु कोटमा अन्वेषण तथा उत्खनन् कार्यको थालनी भइरहेको बिषयमा कार्यक्रमका बिषेश जानकारी गराइएको छ । २३ दिनदेखी त्यही बसेर पुरातात्विक विभागको टोलीले उक्त कार्य गरिरहेको गाउँपालिका अध्यक्ष तथा कार्यक्रका अध्यक्ष उमेश प्रशाद भट्ट विकासले बताए । उनले गाउँपालिकाको बार्षिक निति कार्यक्रममा रहेको ९० लाख बजेट विनियोजन गरेर पुरातात्विक विभागलाई प्राविधिक सहयोग लिएर काम भइरहेको कार्यक्रममा बताए ।
उनले अजयमेरुकोटको संरक्षण तथा विकासका लागि स्थानीय सरकारको बजेटले प्राप्त नभएकाले प्रदेश र संघ सरकारले आर्थिक सहयोग गर्नु पर्ने माग गरे । उनले गाउँपालिकाले समय समयमा संरक्षणका काम गरेपनि मौलिकता तथा एतिहासीकता झल्कीने नभएकोले उत्खन्न गरेर एतिहासीक बिषय बस्तुको खोजी गरिरहेको बताए ।
कार्यक्रका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश समाजजिक विकास राजमन्त्री सरस्वती खड्काले सबै राजनितीक दलले अजयमेरुकोट जस्ता डडेल्धुराको पर्यटकीय क्षेत्रको विकास गर्नु पर्ने बताइन् । प्रदेश सरकारले गर्ने सक्ने सहयोग गर्ने विश्वास दिलाइने भने प्रचार प्रशारका लागि सबैलाई आग्रह गरिन् । राजमन्त्री खड्का सहितको टिमले अन्वेषण तथा उत्खनन भइरहेको क्षेत्रको अवलोकन गरेका छन् ।
पुरातत्व बिभागले वि.सं २०६६/६७ देखिनै अध्ययन गर्न थालिएकोमा विभागले अहिले अन्वेषण तथा उत्खनन गर्ने कार्य गर्न लागेको पुरातत्व विभागका अधिकृत भास्कर ज्ञवालीले बताए । उनले २१ दिने समय भएपनि अहिले काम नसकिएकाले ७ दिन थपिएको बताए ।
पुर्ण आकारको दरवार वा भवन बनाउने नभई उत्खनन् गरी प्राविधिकको समुहले भत्कीएका संरचनामा नम्बरीङ गर्ने काम गर्ने छ । अजयमेरुकोटको मुख्य दरवार यहिनै हो पनि भन्न नसकिने बिभागको भनाई छ । उनले यसकलाई विश्व सम्पदामा सूचिकरण गर्नेका लागि पुरातत्व बिभागको अर्को टिम अध्ययनका लागि आउने बताए । अजयमेरु गाउँपालिका २ मा रहेको अययमेरुकोटलाई हाटकोट पनि भनिन्छ ।यस क्षेत्रमा थुप्रै भग्नावशेषहरु रहेका छन ।
गाउँपालिका अध्यक्ष भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश समाजजिक विकास राजमन्त्री सरस्वती खड्का, विशिष्ट अतिथी जिल्ला समन्वय समिति प्रमुख गगन सिह भण्डारी, अतिथी भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौत, गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्की, सहायक प्रमुख जिल्ला अधिकारी द्वारिका ओझा, उपाध्यक्ष बसन्ती पाल, जिल्लाका सरकारी कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारी, राजनितीक दल तथा स्थानीय नागरिकको सहभागीता रहेको थियो ।