बैतडी:
सिगास माध्मीक बिद्यालयका प्रधानाध्यापक धनीदत्त पन्तको भव्य बिदाईको गरिएको छ । जिल्लाको पाटन नगरपालिका–३ स्थित सिगास मावि गौरीशंकर पोखरीका प्रधानाध्यापक पन्तको शनिबार एक औपचारिक कार्यक्रमका बिच बिदाई गरिएको हो ।
३० वर्षदेखि विद्यालयको शिक्षण पेशामा रहेका पन्तले लामो समय सिगास माविमा प्रधानाध्यापकको जिम्मेवारी समालीरहेका थिए । अनिर्वाय अवकास भएका पन्तमा अभिवाक, बिद्यार्थी तथा जनप्रतिनिधीहरुको उल्लेखय सहभागीता थियो ।
विद्यालयको शैक्षिक, भौतिक, आर्थिक लगायत सर्वाङ्गीण विकासमा अमुल्य योगदान पु¥याउनु भएका शिक्षक पन्तको भव्य कार्यक्रमकाबीच बिदाई गरिएको विद्यालय व्यवस्थापन सहितीका अध्यक्ष प्रेमसिह भाटले बताए । बिदाई तथा सम्मान कार्यक्रममा पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहरा प्रमुख प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य करनसिह कठायत, वडा नम्बर ३ अध्यक्ष करुणाकर भट्ट, ६ का वडाअध्यक्ष राजेन्द्र बिष्ट उपस्थीत थिए । साथै शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला प्रतिनिधिहरुले शिक्षक पन्त र धर्मपती देवकी पन्तलाई फूलमाला, दोसल्ला र प्रमाणपत्र प्रदान गरेका थिए ।
औपचारिक कार्यक्रमपछि बाजागाजाका साथ शिक्षक पन्तलाई घरसम्म नै पु¥याइएको बिद्यालयले जनाएको छ ।