पाटन नगरस्तरिय युवा सञ्जालको अध्यक्षमा भण्डारी निर्वाचीत

बैतडी: 

बैतडीको पाटन नगरपालिका स्तरिय युवा सञ्जालको अध्यक्षमा सञ्जु भण्डारी निर्वाचीत भएका छन् । पाटन नगरपालिकामा १० वटै वडाका युवा प्रतिनिधीहरुको भेलाले भण्डारीको अध्यक्षतामा नगर युवा सञ्जाल गठन गरिएको हो ।  भण्डारीले १५ मत ल्याएर अध्यक्षमा विजयी भए । उनका प्रतिश्पर्धी हरिश सिंह बिष्टले ५ मत ल्याए । बसन्त पाण्डेले ४ तथा बसन्त सिंह भट्टले ३ मत ल्याए ।

वडास्तरीय युवा सञ्जालका अध्यक्षसहित ३ जना प्रतिनिधिले मतदाता बनाईएको थियो । अध्यक्षमा निर्वाचन भएपनि अन्य पदाधिकारी र सदस्य सहमतीबाट चुनीएका छन् । संञ्जालको उपाध्यक्षमा चन्द्रावती भट्ट, सचिवमा निरन्जन प्रशाद पन्त, सहसचिवमा धाना ऐरी, कोषाध्यक्षमा मोहन भट्टराई, सदस्यमा बसन्त प्रशाद भट्ट, बसन्त पाण्डे,हरिश सिंह बिष्ट, र बिक्रम चन्द चयन भएका छन् ।

suv

नगरपालिकाले नगर युवा परिषद कार्यविधि,२०७९ जारी गरेर लागु गरेको कार्यक्रममा सहभागी पाटन नगरपालिका नगर उपप्रमुख कमल सिह बोहराले बताए ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.