पाटनमा एमालेको ‘ग्रासरूट’ अभियान,नेता तथा कार्यकर्तालाई प्रशिक्षण

बैतडी:

नेकपा (एमाले) को ‘ग्रस रूट’ अभियान देशै भरि जारि रहेको छ । गत माघ २६ मा बसको पार्टीको स्थायी कमिटी बैठकले गरेको निर्णय अनुसार बैतडीको पाटनमा पनि उक्त अभियान सञ्चालनमा आएको हो ।

मिसन ग्रासरुट नाम दिइएको दुई महिने अभियानले पार्टी सुदृढीकरण तथा विस्तारमा सहयोग पु¥याउने बताइएको छ । त्यसै अन्र्तगत पालिका स्तरीय नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिदै बैतडीको पाटन नगरपालिकामा पालिका स्तरीय ‘ग्रस रूट’ अभियान सञ्चालन गरिएको नगर कमिटिले जनाएको छ ।

अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन् ।

एमालेले एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिएको छ । ‘ग्रास रूट अभियान अन्तर्गत् सातैवटा प्रदेशमा एमालेका शीर्ष तहका नेताहरु खटिएका छन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.