बैतडीमा ७ औँ जिल्ला सभा सकियो, के-के भए निर्णय ?

बैतडी:

बैतडीमा १० निर्णय गर्दै जिल्ला सभा सम्पन्न भएको छ । बुधबार १० वटै स्थानीय तहका प्रमुख, अध्यक्ष तथा उप प्रमुख, उपाध्यक्ष सहभागी सभाले धार्मिक तथा पर्यटकीय स्थल संरक्षण लगायतका निर्णय गर्दै सभा सम्पन्न भएको हो ।

१४ धार्मिक तथा पर्यटकीय स्थलहरु संरक्षणका लागि संद्यीय मामीला तथा समान्य प्रशासन मन्त्रालय मार्फत सम्बन्धीत मन्त्रालयमा र सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धीत मन्त्रालयमा पठाउने निर्णय भएको जिल्ला समन्वय समितिका उप प्रमुख दमन बहादुर कुवँरले बताए ।

जिल्ला सदरमुकाम बैतडीमा सम्पन्न जिल्ला सभामा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र सिह धामीले प्रतिवेदन पेश गरेका छन् । अनुगमन, मुल्याङन र समन्वयलाई आगामी आर्थिक बर्षहरुमा थप प्रभावकारी बनाईने उल्लेख छ ।
बर्षीक समिक्षा कार्यक्रममा बुधबार जिल्लाका सबै सरकारी कार्यालयहरुले आफ्नो बार्षीक प्रगती समेत प्रस्तुत गरेका छन् ।

us dintal patan
Leave A Reply

Your email address will not be published.