बैतडी:
बैतडीको पाटन नगरपालिका-६ पाटन बजारमा राष्ट्रिय वाणिज्य बैङ्कको शाखा स्थापना भएको छ । जिल्लाको मध्य भागमा पर्ने पाटन बजारमै राष्ट्रिय वाणिज्य बैङ्कको शाखा स्थापना भएको हो । जिल्लाको सिगास, शिवनाथ र पञ्चेश्वर गाउँपालिकासंगै मेलौली नगरपालिकाका नागरिकले समेत सेवा प्रवाहका लागि शाखा स्थापना भएको हो ।
राष्ट्रिय वाणिज्य बैङ्कको शाखा बैतडी सदरमुकाम गोठलापानीमा मात्रै थियो । अब पाटन बजारबाट वाणिज्य बैङ्कले दिने सबै सेवाहरु दिने शाखाका प्रवन्धक तपेन्द्र शाहले बताए । यहाँका नागरिकले सरकारी पेन्सन लगायतका सेवाका लागि बैतडी सदरमुकाम गोठलापानी जानु पर्ने बाध्यता हटेको छ ।