बैतडी : नेपाली कांग्रेस बैतडीका सभापती चतुर बहादुर चन्दले आफुले बोलेको बिषयलाई तोडमोड गरेर भाइरल बनाएको बताएका छन् । शनिबार एक विज्ञप्ती जारी गर्दै चन्दले ३० मिनेट बोलेको भिडियोलाई उल्टो अर्थ लाग्ने गरी सार्वजनिक भएको बिषयमा ध्यानाकर्षण भएको बताए ।
संविधान दिवस २०८२ असोज ३ गतेका दिन नेपाली कांग्रेस बैतडी जिल्ला पार्टी कार्यालय गोठालापानीमा आयोजित कार्यक्रममा उनले सभापती देउवाको घरमा भेटीएको पौसा हैन् भन्नेर जनतालाई भन्नु भन्ने आशयको भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
संविधान दिवस २०८२ असोज ३ गतेका दिन नेपाली कांग्रेस बैतडी जिल्ला पार्टी कार्यालय गोठालापानीमा जिल्ला पुस्तकालय युवा बहारको कार्यक्रममा सहभागी थिएँ । देशको वर्तमान राजनीतिक अवस्था र संविधान विषयक कुराको क्रममा पूर्ववत् मित्रहरूबाट समसामयिक घटनाक्रमका बारेमा कुरा उठ्न स्वाभाविक नै थियो ।
कार्यक्रममा सभापतिको हैसियतले पूर्ववक्ताका जिज्ञासाको जवाफ र वर्तमान अवस्थाका बारेमा भन्दै २५ देखि ३० मिनेटसम्म मैले आफ्ना कुरा राखेको थिएँ । सोही क्रममा जसको छानबिन उद्देश्य आन्दोलितमा भएको दमनको विरुद्ध, त्यसप्रति भएको अन्यायको छानबिन तथा भ्रष्टाचारका विरुद्ध छानबिन गरी कारबाहीको लागि समेत वर्तमान सरकारसँग माग गरेको थिएँ ।
त्यति मात्र होइन नेपाली कांग्रेसले समयसापेक्ष युवाहरूकै भावना सम्बोधन गरी रिपब्लिक बनाउनुपर्ने, संविधानको रक्षा गर्न निर्वाचनको विकल्प छैन र नेपाली कांग्रेसलगायत सबै दलका आमा–बाबा समान नागरिकजनलाई समावेशिता जनाई देशलाई विकास दिनु अहिलेकै आवश्यकता भएको समेत विचार राखेको थिएँ ।
तर कतिपय वक्ताहरूको जिज्ञासालाई सम्बोधन गर्ने क्रममा पार्टी सभापति शेरबहादुर देउवाज्यूको कुरा आएको हुँदा सभापतीको सचिवालय निकालेको विज्ञप्तिको आधारमा, मैले भनेको कुरालाई लिएर कतिपय मिडियामा आएका समाचारहरू र सामाजिक सञ्जालमा आएका छोटकरीका क्लिपहरूले ठिक उल्टो अर्थ लगाई प्रचार गरिएको हुँदा म पार्टी सभापति देउवाज्यूको अपमान गर्ने कुरा मेरो कुनै पनि सोच थिएन र छैन भन्ने कुरा स्पष्ट पार्न चाहन्छु ।
तर मैले भनेको कुरा सम्पूर्ण युवा पुस्तालाई नै लक्षित गरी भएको कुरा हो भन्ने कुरामा समाजलाई कुनै भ्रममा नपर्न आग्रह गर्ने चाहन्छ । यसै गरी मैले भनेको कुरा झुट्टा प्रचार गर्ने समाजलाई गुमराह पार्ने, झुट्टा प्रचार गरि समाजमा हल्ला फैलाउने खालको भ्रमक भिडियोलाई सार्वजनिक भएको देख्दा म अत्यन्तै दुःखी छु ।
आधा कुरा स्पष्ट बोल्ने कुरालाई आधा भिडियोकै शर्ट भिडियोलाई ठिक उल्टो अर्थ लाग्न गरी कसरी सामाजिक सञ्जाल लगायतमा प्रचार गरिन्छ म स्वयं पनि अचम्मित छु । भ्रष्टाचारको पक्षमा समर्थन गर्ने कुनै मतलव छैन र हुने पनि छैन, त्यस्तै मैले आफ्ना कुरा स्पष्ट राख्दै आएको छु निर्क्यौल रुपमा सरकारको मागलाई समर्थन गर्दै आएको छु ।
लोकतन्त्रको लडाईमा म भन्दाअघि कुनै पनि भ्रष्टाचारको बिरुद्ध विचारधारामा सधैँ उठिरहन्छ । अन्तमा मेरा सम्पूर्ण शुभचिन्तक जन समुदाय सदस्यजन, साथीभाई, साथीभाई मित्रहरू र मिडियाका साथिहरुलाई हार्दिक आग्रह गर्दछु । सबै जनामा विजय दशमीको हार्दिक मंगलमय शुभकामना । सभापती चन्दले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 
			
 
						
