प्रसिद्ध त्रिपुरासुन्दरीमा भोली जात्रा, दशरथचन्दमा स्थानीय सार्वजनिक बिदा

बैतडी : प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा भोली बिहीबार जात्रा हुने भएको छ । बैतडीको दशरथचन्द नगरपालिकाले कात्तिक १३ गते बिहीबार स्थानीय सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाको वडा नं ८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा लाग्ने जात्राको अवसरमा एक दिन सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

बिहीबारका दिन नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैर सरकारी कार्यालय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीले बताए ।

त्रिपुरासुन्दरी भगवती मन्दिरमा भोलिदेखि जात्रा शुरु हुँदैछ । यो मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गर्दछ । यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताए ।

जात्रालाई व्यवस्थित रुपमा सम्पन्न गर्न मन्दिर आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थापाले बताए ।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!