प्रमुख प्रशासकीय अधिकृत हाजिर

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् ।

उपसचिव केशवराज सुवेदी नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुवेदीलाई दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएपछि उनी आज हाजिर भएका हुन् । यसअघि सुवेदी मालपोत कार्यालय तनहुँमा कार्यरत रहेका थिए ।
नगरपालिकामा हाजिरभएसँगै सुवेदीले प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज शुरु गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई आज नगरपालिकाका कर्मचारीहरुले कार्यालयमा स्वागत समेत गरेका छन् ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!