बैतडी: बैतडीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
जिल्लाको पाटन नगरपालिका- ६ निवासी ५८ वर्षीय प्रेम सिंह बिष्ट भएको दुर्घटनामा मृत्यु भएको हो। सतबाजबाट पेट्रोल भरेर फर्केका बिष्ट तिहारको दिन साँझ हराएका थिए । खोजतलास गर्दा मोटरसाइकल दुर्घटना भई मृत अवस्थामा भेटाएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।
उनको शव पाटन नगरपालिका वडा नम्बर ४ अन्नाणीको माथिल्लो मोडमा मोटरसाइकल दुर्घटनामा परी झन्डै सय डेढ सय मिटर तल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
कसरी मृत्यु भयो लगायतका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 
			
 
						
