बैतडी: बैतडीका नन्दराम भुल क्यान्सर रोगसंग लड्दै छन् । जिल्लाको पाटन नगरपालिका-५ लोर्खा बस्ने ६० बर्षीय नन्दराम बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनमा उपचार गराईरहेका छन् ।
दैनिक हजारै खर्च भइरहेकाले उनको उपचारमा आर्थिक समस्या भएको छोरी मनिषा भुलले बताइन् । लामो समयदेखी अस्पतालको बेडमा भएकाले आर्थिक अभाव भएको उनले बताइन् । अस्पतालको बेडबाटै नन्दरामले आफुलाई बच्चाउन आर्थिक सहयोग अपिल गरेको छन् ।
सहयोगका लागि उनको मोबाईल नम्बर ९८६३५९०५४२ मा सम्र्पक गर्न सकिने छोरी मनिषाले बताइन् ।
के हो क्यान्सर ?
क्यान्सर आफैमा गंभिर प्रकारको रोग हो । शरीरमा दुई सयभन्दा बढी आकारप्रकारका स–सना कोष तथा कोषिका हुन्छन्, ५० खर्ब जति । यसमध्ये नयाँ बन्ने कोष र कोषिकाहरुको बृद्धिक्रम सामान्य अवस्थामा कोषभित्र रहेको डिएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर, खराब जीवनशैली र वाह्य वातावरणिय प्रतिकुलताको कारण कोष तथा कोषिकाहरुको वृद्धि अनियन्त्रित हुन्छ । र, स–साना गिर्खा बन्छ ।
यी गिर्खामध्ये एकखाले हुन्छ, सामान्य अवस्थाका । जो दुख्दैन र धिमा गतिमा मात्र बढ्छ । यसले शरीरलाई खासै हानी गरिररहेको हुँदैन
अर्कोखाले हुन्छ, छिटोछिटो बढ्ने । एकस्थानबाट अर्कोमा सर्ने । यस किसिमको गिर्खा नै क्यान्सर हो ।
किन लाग्छ क्यान्सर ?
माथि उल्लेख गरिएकै छ, क्यान्सरको खास कारण भनेको हाम्रो खराब आनीबानी हो । यसमा खानपान, दिनचर्या, रहनसहन समेटिन्छन् । साथै वाह्य कुरा पनि क्यान्सरको कारण बन्न सक्छ । जस्तो कि, वातावरणिय प्रदुषण । धुलो–ध्रूँवा, रसायन, विकिरिण आदि क्यान्सरको कारण बन्छ । अर्कोचाहि, वंशानुगत । तर, यस्तो जोखिम १० प्रतिशतमा मात्र हुने बताइन्छ ।
यी हुन् क्यान्सरका कारण
१. चुरोट, खैनी, सूर्ति आदिको सेवनले क्यान्सर निम्त्याउँछ । यस्ता पदार्थमा चार हजारभन्दा बढी प्रकारका रासायनिक तत्वहरुमध्ये करिब ४० प्रकारका हानिकारक रासायनिक तत्व हुन्छ, जसले क्यान्सर गराउँछ ।
२. जाँडरक्सीको सेवनले क्यान्सर गराउँछ । खासगरी मुख, अन्ननली, पेट आदिको क्यान्सरमा मद्यपान नै जिम्मेवार रहेको पाइन्छ ।
३. हामीले खानेकुरा सवै स्वस्थ्यकर हुँदैनन् । ति अस्वस्थ्यकर खानेकुरा क्यान्सरको कारण हुन् । बासी, सडेगलेको, ढुसी परेका, तारेको, डढेको आदि खानेकुराले क्यान्सर निम्त्याउँछ । यसले कलेजो, आन्द्रा, आमाशय आदिलाई नष्ट गर्छ ।
४. वातावरणिय प्रदूषण पनि क्यान्सरको कारण बन्छ । जस्तो कि, काठमाडौंको धुलो–धू्रँवाले फोक्सो साथै नाक, कान, घाँटीको क्यान्सर बढाइरहेको छ ।
५. घामको किरण पनि कतिपय अवस्थामा क्यान्सरको कारण बनेको छ । त्यस्तै उपकरणिय विकिरणले क्यान्सरको जोखिमलाई बढाउँछ ।
कसरी थाहा पाउने ?
क्यान्सरको लक्षणलाई हामी सामान्य ठान्छौं, जतिबेलासम्म यसले जटिल रुप लिँदैन । जतिबेला जटिल रुप लिन्छ, त्यसबेला उपचार असंभव भइसकेको हुन्छ । त्यसैले क्यान्सरको लक्षण थाहा पाउनसाथ त्यसको निदान खोज्नुपर्छ । सामान्यत क्यान्सरको सुरुवाती लक्षण देखिने गर्छ ।
दिस पिसाबमा रगत
यदि पिसाब वा दिसामा रगत देखियो भने त्यसले मृगौला, पिसाब थैलीमा क्यान्सर हुने लक्षण यसले देखाउँछ । यदि दिसा गर्ने बानीमा परिवर्तन भयो, कठिन भयो, पखला निरन्तर लागिरह्यो भने कोलोन क्यान्सरको लक्षण हुनसक्छ ।
अचानक तौल घट्नु
निरन्तर तौल घट्यो, त्यो पनि बिना कारण । यो राम्रो संकेत होइन । यसले संकेत गर्छ कि, क्यान्सरको लक्षण हुनसक्छ । खासगरी पेटको क्यान्सर ।
ज्वरो
लमो समयसम्म ज्वरो आयो भने त्यसले क्यान्सरको संकेत गर्छ । यसले रक्त क्यान्सरको संकेत गर्छ ।
थकान
कुनै शारीरिक वा मानसिक श्रम विना नै थकान लाग्छ भने त्यसले सामान्य लक्षण देखाउँदैन । खासमा यसले ब्रेन ट्युमर, कोलोन, रेक्टम वा ओभरी क्यान्सरको संकेत गर्छ ।
रक्तश्राव
मासिक धर्मको चक्र अनुसार नियमित रुपमा रक्तश्राव हुन्छ, महिलाको हकमा । तर, त्यस समयबाहेक अचानक रक्तश्राव हुन्छ भने कार्विनल क्यान्सरको संकेत हुनसक्छ ।
पिसाबमा समस्या
उमेर बढ्दै जाँदा प्रोस्टेट ग्ल्यान्ड बढ्छ । यसले गर्दा पटक पटक पिसाब लाग्छ । तर कहिले कहि यसले प्रोस्टेट क्यान्सरको संकेत पनि गर्छ ।
कसरी बच्ने त ?
क्यान्सरबाट बच्ने एउटै उपाय हो, स्वस्थ्य जीवनशैली । नियमित दिनचर्यामा आफुलाई अभ्यस्त गराउने । स्वस्थ्य र खुसी जीवन बाँच्ने । ताजा र सन्तुलित खानेकुरा सेवन गर्ने । योग, व्यायाम, प्राणायामलाई जीवनशैलीको हिस्सा बनाउने ।
शारीरिक रुपमा सक्रिय रहने । दिनहुँ पसिना बगाउने । युनिभर्सिटी अफ वरमान्टमा भएको अध्ययन अनुसार फिटनेसप्रति सचेत व्यक्तिको तुलनामा अल्छी व्यक्तिमा फोक्सोको क्यान्सर हुने आशंका ६८ प्रतिशत बढी हुन्छ । साथै कोलेरेक्टर क्यान्सर (अन्द्राको क्यान्सर) हुने खतरा ३८ प्रतिशत बढी हुन्छ ।
कार्डियो र रेजिस्टेन्स ट्रेनिङले हर्मोनल लेभल एवं प्रतिरक्षा क्षमता सही राख्छ । यसले गर्दा क्यान्सरको सेल्स विकास हुन पाउँदैन । तेललाई उच्च तापमानमा तताएपछि कार्सिनोजेनिक कम्पाउन्ड नामक हानिकारक केमिकल विकास हुन्छ, जो क्यान्सरको कारण बन्छ । त्यसैले तारेको, भुटेको खानेकुरा नखाने ।
एन्टिअक्सिीडेन्ट गुणहरुबाट भरिपूर्ण खानेकुरा सेवन गर्ने । जस्तो कि, ग्रीन टी । यसले शरीरलाई रोग प्रतिरोधी बनाउन सहयोग गर्छ । यसमा एक किसिमको पोषण तत्व हुन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । त्यसैले क्यान्सर प्रतिरोधी खानेकुरामा ग्रीन टी मूख्य मानिन्छ ।
सुर्यको किरण शरीरका लागि फाइदाजनक हुन्छ, तर, एउटा सिमासम्म मात्र । ओजन तहमा प्वाल हुनाले घामको साथमा हानिकारक अल्ट्राभ्वाइलेट किरणहरु पनि आउँछन् जो शरीरका लागि हानिकारक हुन्छन् । यी किरणहरुको सम्पर्कमा लामो समय रहँदा स्किन क्यान्सरको खतरा पैदा हुन्छ ।