पाटन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको मिति सर्‍यो

बैतडी :
तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको मिति सरेको छ । यही कार्तिक १० गते हुने भनीएको प्रतियोगिता तयारी नपुगेकाले कार्तिक १२ गते उद्घाटन हुने आयोजकले जनाएको छ । पिपिएल खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिताका दागि १८ टिम दर्ता भएको आयोजक पाटन क्रिकेट क्लबले जनाएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार एक लाख ११ हजार एक सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए। उनका अनुसार द्वितीय पुरस्कार रु। ५५ हजार पाँच सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद रु। २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु। ११ हजार एक सय ११ नगदसहित प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरण चन्दले बताए ।

यसअघिका दुई संस्करणमा टेनिस बल खेलाएको भए पनि यस वर्ष ड्युज बल खेलाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेटको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि सम्पन्न दोस्रो संस्करणको उपाधि भीमदत्त बहुप्राविधिक शिक्षालय ९बिडिपिआई० पाटनले लिएको थियो भने पहिलो संस्करणको च्याम्पियन कैलपाल क्रिकेट क्लब भएको थियो।  लगानी संकलन गर्ने क्रममा क्लबलाई पाटन नगरपालिकाले १ लाख दिने निर्णय गरेको क्लबले जनाएको छ ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.