लैङ्गिक हिंसाविरूद्ध अभियान : पाटनकी जानकी दिदिले पाईन् राहात

घर भयो उज्यालो

ललित बोहरा, गैराखान, बैतडी : बैतडीको पाटन नगरपालिका–९ बस्ने एकल महिलाले राहात समाग्री पाएकी छन् । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको सुरुवातमा पाटन नगरपालिकाले गैराखानकी एकल महिला जानकी धामीलाई घराईसी समाग्री सहयोग गरिएको जनाएको छ ।

शनिबार नगरपालिकाले खाद्यान्नका सामान, ओड्ने उछ्याउने, लगाउने लुगा कपडा, खाना पकाउने खाने भाडाकुडाहरु र सरसफाइका समाग्री सहयोग गरेको लैङ्गिक हिंसा राहात कोषका संयोजक तथा नगरउपप्रमुख कमलसिह बोहरा अपीले बताए ।

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा प्रभावित महिलाहरुलाई नगरपालिकाको लैङ्गिक हिंसा राहात कोषबाट सहयोग गरिएको महिला बालबालिका तथा ज्येष्ट नागरिक शाखा प्रमुख विष्ना भण्डारीले बताइन्।

समाजीक सुरक्षा भात्ता पाउने एकल महिलालाई गास, बास, कपासको समस्या भइरहेको वडामा कार्यरत समुदायीक मनोसमाजीक कार्यकता लक्ष्मी बिष्टले जानकारी गराएपछि नगरपालिको टिमले अनुगमन गरेर राहत समाग्री सहयोग गरेको महिला बालबालिका तथा ज्येष्ट नागरिक शाखा प्रमुख भण्डारीले बताइन् ।

 

फोटो : राहात समाग्री हस्तातरण गर्दै 

जानकीका हजुरआमालाई सुरपाल देउवतामा चढाएको र पछि भाटपरिवारले गैराखान ल्याएको थिए । त्यही समयमा जानकी धामीकी आमाले त्यही गैराखानमा मागेर हातमुख जोडीन् । अहिले जानकी पनि त्यही गुजरा गरिहेकी छन् ।

एक छोरा एक छोरी रहेकी जानकीका छोरा भारत काम गर्छ तर आमालाई पालन पोषणको चिन्ता छैन । छोरीले विवाह गरेपछि त्यो घर फिर्केकी छन् । उनको नाममा भाट परिवारले घर र जमीन नामसरी गरेका छन् तर उनको जग्गा खेती गर्ने कोही नभएर बाझो छ ।

समाजीक सुरक्षा भत्ता पाउने उनको समाजिक सुरक्षा भत्ता कहाँ जान्छ अहिले खोजी भइरहेको छ । उनको घरमा एक डेक्ची थियो त्यसैमा दाल, भात र तरकारी बनाउने गरेको रहेछ दुई कम्बल ओड्ने उछ्याउने गरेकी थिइन् शाखा प्रमुख भण्डारीले भनिन्- समाजीक सुरक्षा भत्ता महिनाको ४ हजार कहाँ जान्छ?।

समाग्री हस्तातरण गर्न पुगेको नगरपालिकाको टिमले घर सरसफाई लिपपोत समेत गरेको महिला सुरक्षित अवास गृहका मनोपरामर्षकर्ता डम्मरी भट्टले बताइन् ।  गोठ जस्तो बनाएर सुत्ने एकल महिलालाईको घरमा सरसरफाई गर्न सिकाएको हो, उनले भनिन, अहिले नगरपालिकाले सबै समाग्री सहयोग गरेको छ, मनोपरामर्ष पनि दिइरहेका छौ। उनले छिमेकीको दरिलो साथ चाहिएको छ।

अन्धकारमा बस्ने जानकी दिदिको घरमा अहिले वडा कार्यालयको समन्वयमा सोलार बत्ती जडान गरिएको वडा अध्यक्ष कालु सिह भाटले बताए । उनले भने, ‘जानकी दिदिलाई वडा कार्यालयले सहयोग गरिरहेकै हुन्छ अहिले सोलार बत्ती जडान भयो अब घर मर्मत गर्छौ।’ यस अगाडी वडा कार्यालयले उनलाई १० हजार नगद सहयो गरेको अध्यक्ष भाटले बताए ।

 

लैङ्गिक हिंसाविरूद्धको १६ दिन अभियानमा पिडितलाई सहयोग गर्ने नगरपालिकासंगै साझेदार निकाय युएनएफपिए, सिएमसी नेपाल, महिला सुरक्षित आवास गृह , भिएसो, वाम, पिसविन,आईपास युवालय तथापराेपकार ग्रामीण विकास संघ बैतडी, हानिकारक प्रचलन विरुद्धमा काम गर्ने संघ संस्थाहरुले समेत साझेदारी गरेको छन् । पाटन नगरपालिकाले अभियानको १६ दिनमा १० वटै वडाका हिसां प्रभावीतलाई सहयोग गर्ने जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.