ललित बोहरा, (चमडा) डडेल्धुरा :
लालीगुराँसलाई नेपालको राष्ट्रिय फूलको रूपमा २०१९ सालमा मान्यता दिइएको हो । नेपालको संविधान २०७२ ले पनि लालीगुराँसलाई राष्ट्रिय फूलको मान्यता दिएको छ । नेपालको निशान छापमा समेत लालीगुराँसलाई समावेश गरिएको छ ।
यस्तै नेपाली रुपियाँ पाँच सय र एक हजारको नोटमा लालीगुराँस अङ्कित छ । नेपालको राष्ट्रिय फूल भएका कारण लालीगुराँस धेरैपटक हुलाक टिकट तथा हुलाक वस्तुमा प्रकाशन भइसकेको छ । अङ्ग्रेजीमा ‘रोडोडेनड्रन’ भनेर चिनिने यो मनमोहक फूलका विभिन्न प्रजाति संसारभरि नै पाइन्छ ।
हालै प्रकाशित कञ्चनजङ्घा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू पुस्तकमा नेपालमा ३३ प्रजातिका गुराँस पाइने उल्लेख छ । संसारमा लालीगुराँससँग मिल्दोजुल्दो प्रजातिका अन्य पाँच गुराँस पाइन्छन् । समुद्री सतहबाट गुराँस एक हजार ३०० देखि चार हजार ६०० मिटरको उचाइमा पाइने यो फूल वसन्त ऋतुमा फुल्छ । लालीगुराँस साधारणतया माघ–फागुनदेखि वैशाख–जेठसम्म फुल्ने गर्छ । तर, छिटो फुल्ने ठाउँमा पुस महिनामा पनि फुलेको देखिन्छ ।
डडेल्धुराकाे अजयमेरू गाउँपालिका २ मा पर्ने बेताल समुदायक वनमा ।