बैतडीमा एक पुरुष मृत फेला

बैतडी : बैतडीमा एक पुरुष मृत फेला परेका छन् ।

जिल्लाको सिगास गाउँपालिका- १ दुदिलाखानका ३५ बर्षीय खडकबहादुर बिष्ट सोमबार बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

आइतबार राति ९ बजेतिर घरबाट बजार जान्छु भनि निस्केका बिष्ट घरबाट नजिकैको गोरेटो बाटोको छेउमा मृत अवस्थामा फेला परेका उनले बताए ।

बिष्टको शव फेला परेको बिषयमा प्रहरीलाई जानकारी आएपछि इलाका प्रहरी कार्यालय पाटनबाट घटनास्थलतर्फ प्रहरी पुगेको छ ।   घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!