डडेल्धुरा: १५ वर्षीया बालिका करणी आरोपमा युवक पक्राउ

डडेल्धुरा: १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुरामा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अमरगढी नगरपालिका–११ का २९ वर्षीय सुरेश सार्की रहेका छन्। सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सुरेश सार्कीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै उनलाई पक्राउ गरिएको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!