बैतडी : बैतडीको पुचौँडी नगरपालिकाका–४ भटनाका आधा दर्जन एमाले र काँग्रेसका नेताहरु नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
कम्युनिष्टका साँझा उम्मेदवारलाई विजयी गराउन आफुहरु नेकपामा प्रवेश गरेको उनीहरुको भनाई छ । पुचौँडी नगरपालिका-४ भटनाका उनीहरु एमाले वडा कमिटीका पदाधिकारीहरु हुन् ।
उनिहरुलाई पुचौँडी नगरपालिकाका पुर्व नगरप्रमुख एवं नेपाली कम्युनिष्ट पार्टी नेता रणबहादुर कुँवरले पार्टी प्रवेश गराएका हुन् । यस्तै दुई जना कांग्रेसका वडास्थित नेताहरुले समेत नेकपा प्रवेश गरेका हुन् ।
एमालेबाट वडा कमिटि सदस्य धनुवा लुहार, गेडे पार्की, नन्ते चुनारा, हरुवा चुनारा लगायतले नेकपा प्रवेश गरेका हुन भने नेपाली कांग्रेस परित्याग गरी दल्लो चुनारा र सल्लो चुनाराले पार्टी प्रवेश गरेको नेकपाका प्रदेश उपाध्यक्ष रणबहादुर कुँवरले बताउनुभयो ।
पछाडी पारिएको वर्ग र विपन्न नागरिकको हक हितका लागि लड्ने कम्युनिष्टका साझा उम्मेदवार परमानन्द भट्टनै भएकाले आफुहरुले नेकपा प्रवेश गरेको नवप्रवेशी धनुवा लुहारले बताउनुभयो ।
