बैतडी : बैतडीको पाटनमा सम्पन्न नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि दिपक भण्डारी र तेज चन्दको टिमले जितेका छन्।
शुक्रबारदेखी इलाका प्रहरीको ब्याडमिन्टन कोर्टमा सम्पन्न प्रतियोगिताको उपाधि भण्डारी र चन्दले जितेका हुन् । बिर बहादुर खाती र धर्मराज भट्टराईलाई ६ अंकले पछिपार्दै सो जोडीले उपाधि उचालेको हो ।

यस्तै दोस्रो बिर बहादर खाती र धर्मराज भट्टराईको जोडी, तेस्रो देवराज भट्टराई र ओम राज उपाध्याय र सुरेश बोहरा, अम्मराज जोशी भएका छन् । प्रथम, दित्तीय र त्तृतिय हुने टिमले क्रमस ३ हजार, २ हजार र एक हजार नगद, मेडल र प्रमाण प्रत्र प्राप्त गरेको खेल संयोजक बिर बहादुर खातीले बताए ।

प्रतियोगितामा बैक तथा बित्तिय संस्था, कर्मचारी, पत्रकार तथा स्थानीय युवाहरुका ११ टिम (२२ खेलाडी) सहभागि रहेको खेलाडी निरज मल्लले बताए ।
खेलको समापन समारोह आयोजक पाटन एकता समाजका अध्यक्ष किरण चन्दको अध्यक्षता, पाटन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्र बिष्ट प्रमुख अतिथी र इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेन्द्र साउदको विशिष्ट अतिथी रहेका थिए ।

