नवदुर्गा गाउँपालिकामा ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु

डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बिहीबारदेखि नवदुर्गा गाउँपालिका–१ कोटेलीस्थित चोरा खेल मेदानमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो।

गाउँपालिकास्तारी रनिङ शिल्डको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले उद्घाटन गरे। गाउँपालिकाको आयोजनामा भइरहेको प्रतियोगितामा ७ वटा मावि विद्यालयको सहभागिता रहेको गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत पुष्पराज जोशीले जानकारी दिए।

उनका अनुसार छात्र–छात्रा भलिबल, कबड्डी, एथलेटिक्समा खेलाडी सहभागी छन्। पालिकास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि उपाध्यक्ष निर्मला बोगटी थिइन ।

कार्यक्रममा सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा शिक्षक र विद्यार्थीको सहभागिता रहेको गाउँपालिकाका सूचना अधिकारी करूणाकर भट्टले जानकारी दिए ।

us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!