एमाले बैतडीबाट दामोदर भण्डारी सर्वसम्मत एकल सिफारिस

बैतडी: प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमाले बैतडीले उम्मेदवार सिफारिस गरेको छ । आइतबार बसेको नेकपा एमाले जिल्ला कमिटीको बैठकले केन्द्रिय सदस्य दामोदर भण्डारीलाई प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो ।

पुर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका भण्डारीलाई फागुन २१ मा हुने निर्वाचनको लागि एकल रूपमा सिफारिस गरेको नेकपा एमाले बैतडीका सचिवालय सदस्य लोकेन्द्र भण्डारीले जानकारी दिए ।
उनलाई सर्वसम्मत एकलरूपमा सिफारिस गरिएको  सचिवालय सदस्य भण्डारीले बताए ।

२०७० सालको संविधान सभा, २०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा बैतडीबाट विजयी भएका थिए।

यसअघि नेपाली कांग्रेस बैतडीले सभापति  चतुर बहादुर चन्दलाई उम्मेदवार सिफारिस गरिसकेको छ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी बैतडीले कांग्रेस परित्याग गरेका नेता हरिमोहन भण्डारीलाई उम्मेदवार भन्दै प्रचार गरिरहेको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रत्यक्षतर्फ चुनाव लड्ने उम्मेदवारको नाम सिफारिस गरेको छैन। नेकपामा नेता नरेन्द्र कुवर विजयसुन्दर  र परमानन्द भट्टको नाम चर्चामा छ।

us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!