प्रधानाध्यापक डोबालको भीरबाट लडेर मृत्यु

दार्चुला : महाकाली नगरपालिका–२ मुल्लास्थित सरस्वती आधारभूत विद्यालय घट्टेखोलाका प्रधानाध्यापक रामसिंह डोबालको भीरबाट लडेर मृत्यु भएको छ।

बुधबार भीरबाट लडेर गम्भीर घाइते भएका शिक्षकको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार महाकाली–२ का बासिन्दा ४० वर्षीय डोबाल नौगाड गापालिकाको दल्लेक बजारबाट घर फर्कने क्रममा मुल्लानजिकको भीरबाट लडेर १०/१२ तल खस्दा गम्भीर घाइते भएका थिए।

उनलाई स्थानीयले उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएपछि उपचारका क्रममा मृत्यु भएको दार्चुला प्रहरीका सूचना अधिकारी इन्सपेक्टर हेमराज भट्टले बताए।

उनका अनुसार सँगै रहेका अर्का स्थानीय पदम साहु पनि भीरबाट लडेर घाइते भएको र उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!