बैतडी : बैतडीका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप लगाइने तयारी छ। ‘
ह्युमन प्यापिलोमा भाइरस’ ९एचपीभी० खोप अभियान अन्तर्गत यहाँका बैतडस्का १० स्थानीय दुई हजार ४ सय ५३ जना किशोरीलाई खोप लगाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
खोप लगाउन स्थानीय तहहरुमा अभिमुखिकरण भइरहेको छ । जिल्लाको पाटन नगरपालिकाले स्वास्थ्य चौकिहरुमा स्वस्थ्यकर्मी र स्वंसेवनी तथा सरोकारवालाहरुलाई सहभागी गराएर अभिमुखिकरण गरिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा इन्चार्ज प्रेमसागर भट्टले बताए ।
कक्षा ६ मा अध्ययनरत, विद्यालय नजाने १० वर्ष उमेरका किशोरी तथा गवर्ष छुटेका कक्षा ७ देखी १० सम्म अध्ययनरत किशोरीलाई एचपीभी खोप लगाइने तयारी अनुसार अभिमुखिकरण गरिएको उनले बताए । जस अनुसार शुक्रबार पाटन प्राथमिक स्वास्थ्य केन्द्र र शिद्धेश्वर स्वास्थ्य चौकी खोड्पेले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको शिद्धेश्वर स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष हरिष बिष्टले बताए ।

कक्षा ६ मा अध्ययनरत २३ सय ८६ जना, गत बर्षको अभियानमा छुटेका ६१ जना र विद्यालय बाहिर रहेका १० बर्ष उमेरका ६ जना किशोरी गरेर २४ सय ५३ जनालाई खोप दिइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
यस अभियानका लागि ३१४ खोप केन्द्र तोकिएको छ। गत वर्षको एचपीभी खोप अभियान अन्तर्गत १० हजार ३१० जनालाई एचपीभी खोप दिइएको थियो।
माघ २७ गतेदेखी फागुन २ गतेसम्म खोप अभियान सञ्चालन हुने भएकाले खोप सुरक्षीत ढुक्क भएर खोप लगाउन स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो। उहाँका अनुसार खोप अभियानका लागि २५४ जना स्वास्थ्यकर्मी र ३०६ जना स्वास्थ्य स्वयमसेवकहरु परिचालन गरिनेछन्।
