बिसीको दोस्रो नयाँ लोक देउडा गित “छुटिग्यो साथ” सार्वजनिक(भिडियोसहित)

बैतडी:

बैतडीका सञ्चारकर्मी लक्ष्मण बिसीको दोस्रो नयाँ लोक देउडा गित “छुटिग्यो साथ” सार्वजनिक भएको छ। एकपछि अर्को गित दिदै गईरहेका बिसीको नयाँ गीत “छुटिग्यो साथ” सार्वजनिक भएको हो।

सञ्चारकर्मी बिसीको लय शब्द रहेको गित दिपक सगंक बिसि अफिसियल युटुब च्यानलबाट शुक्रबार भिडियो सहित सार्वजनिक भएको हो। चर्चित लोक तथा देउडा गायक दिपक सगंम बिसीको स्वर रहेको गित मधुबाला रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

गितको एरेन्ज र मिक्सिङ गायक बिसी स्वयमकै रहेको छ। भिडियोमा गायक बिसी सगै शुरेस बोहरा र रोजि कुवरको सुन्दर अभिनय रहेको छ। सञ्चारकर्मी बिसिको तिन महिना अगाडी पनि साईबाज बोलको गित सार्वजनिकभएको थियो।

लामो समयदेखि सञ्चारकर्ममा रहेका बिसी साहित्यको क्षेत्रमा पनि कलम चलाउँदै आएका छन् । उनले दर्जनौ कविता, गजल र मुक्तक लेखिसकेका छन् ।

देउडा गीत मार्फत समाजको यथार्थ चित्रण गर्ने उद्देश्यले आफूले गीतको शब्द सिर्जना गरेको बिसीले बताए । हाल उनी रेडियो मेलौलीमा स्टेशन म्यानेजरको रुपमा कार्यरत रहेका छन् ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.