ललित बोहरा, बैतडी : नेपाली कम्युनिष्ट पार्टी सुदुरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच एकता भएपछि जेष्ठ सदस्य टिका थापाको अध्यक्षतामा बसेको पहिलो बैठकले भट्टलाई दलको नेता छनोट गरेको हो ।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सबैभन्दा ठूलो दलका रूपमा उभिएको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच एकता भएपछि नेकपाले प्रदेश सभामा सबैभन्दा बढी सिट संख्या हासिल गरेको हो।
प्रदेश सभामा एकताअघि माओवादी केन्द्रका सभामुखसहित ११ जना, एकीकृत समाजवादीका ४ जना र नाउपाका ७ जना सदस्य थिए। नेकपाले रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपासँग पुस १४ गते औपचारिक एकता सहमति गरेको थियो।
एकीकरणपछि प्रदेश सभामा नेकपाको सिट संख्या २२ पुगेको छ। ५३ सदस्यीय प्रदेश सभामा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका १८ सिट छन् भने नेकपा एमालेका ११ सिट रहेका छन्। संघीयता विरोधी दलहरू राप्रपा जना छ भने स्वतन्त्र डा. तारा जोशीले राजिनामा गरिहेका छन् । प्रदेशमा अहिले एमाले र काग्रेस गठबन्धनको सरकार छ ।

