पिपिएल–३ : लगातार ३ खेलमा विजयी भएको नागेश्वर क्वाटरफाईनलमा प्रवेश

बैतडी:

बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिगमा आज पनि ३ खेल सम्पन्न भएका छन् ।

आज भएको पहिलो खेलमा धारिलोले भुमेश्वरलाई हराएको छ । टस हारेर ब्याटिङको निम्तो पपाएको धारिलोले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १३१ रन बनाएको थियो । धारिलोका विशाल ऐरीले २९ तथा दिनेश जोशीले २८ रन बनाएका थिए । भुमेश्वरका सु्रेन्द्र ऐरीले २ विकेट लिए ।

१३२ रनको विजयी लक्ष पछ्याएको भुमेश्वरले १४.१ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो । भुमेश्वरका चक्र बिष्टले ४४ रन बनाएपनि जितका लागि प्रयाप्त भएन । धारिलोका निरज बिष्टले ३ विकेट लिए । उनि नै म्यान आफ द म्याच चुनिएका थिए ।

यसैगरी आजै भएको दोश्रो खेलमा नागेश्वरले दिपचन क्रिकेट क्लबलाई हराएको छ । टस जितेर ब्याटिङ थालेको नागेश्वरले १५ ओभरमा २०५ रनको बिशाल स्कोर तयार पार्यो । नागेश्वरका सुनिल तामाङले ९७ रन बनाए ।

२०६ रनको विशाल लक्षका साथ मैदान उत्रेको दिपचनले १५ ओभरमा ८ विकेट गुमाएर १२८ रन मात्रै बनाउन सकेको स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए । दिपचनका केशवले ४८ रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । नागेश्वरका सुनिल म्यान आफ द म्याच चुनिए ।

यसैगरी आजै भएको तेश्रो खेलमा धारिलो क्रिकेट क्लब सहस्त्रलिङ्ग क्रिकेट क्लबसामु पराजित हुन पुगेको छ । टस हारेर व्याटिङको निम्तो पाएको धारिलोले १४.४ ओभरमा अलआउट हुदै ५० रन मात्रै जोड्न सक्यो । ५१ रनको सामान्य लक्ष प्रछ्याएको सहस्त्रलिङ्गले ३.१ ओभरमा लक्ष भेट्टायो । सहस्त्रलिङ्गका बिरेन्द्र चन्द म्यान आफ द म्याच चुनिए ।

लगातार ३ खेलमा विजयी भएको नागेश्वर क्रिकेट क्लबव क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.