बैतडीमा जारी ब्याडमिन्टन प्रतियोगिता सकियो, कैलाश र थापाको टिम प्रथम

बैतडी :

संविधान दिवसको अवसरमा पारेर बैतडी सदरमुकाममा आयोजना गरिएको खुल्ला डबल ब्याडमिन्टन प्रतियोगितामा बैतडीको दशरथचन्द नगरपालिकाका कैलाश थापा र आनन्द थापाको जोडी प्रथम भएको छ ।

नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका अनुसार दशरथचन्द नगरपालिकाको आयोजना र कर्मचारी मिलन केन्द्रको समन्व्यमा असोज १ गतेदेखि शुरु भएको प्रतियोगिता आज समापन भएको हो ।

प्रतियोगितामा सन्तोष कनौजीया र लोकेश ठगुन्नाको जोडी दोश्रो भएको छ । यस्तै चन्द्रसिंह डोबाल र भवानी भट्ट तथा अंकित जोशी र हरिश भण्डारीको जोडी तेश्रो भएको छ ।

प्रतियोगितामा सीमावर्ती भारतीय क्षेत्र झुलाघाट र पिथौरागढका खेलाडीसहित बैतडी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरका ३१ जोडीको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।

प्रतियोगितामा प्रथम हुने जोडीलाई नगद १५ हजारसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ । दोश्रो हुने जोडीलाई नगद १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको चन्दले बताए ।

प्रतियोगितामा तेश्रो हुने दुवै जोडीलाई नगद ५÷५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

 

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.