एनपीएलः अब बाँकी खेलका लागि सुदुरपश्चिमले ल्यायो सेल्डन ज्याक्सन

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज सुदुरपश्चिम रोयल्स प्रतियोगिताको उत्तरार्द्धमा नयाँ खेलाडी भित्र्याउने वाध्यतामा परेको छ । दुई अष्ट्रेलियन स्टार खेलाडीहरु जोस ब्राउन र क्रिस लिन प्लेअफ अगाडि नै घर फर्किएपछि रोयल्सलाई नयाँ विदेशी खेलाडी खोज्नुपर्ने भएको हो ।

रोयल्सले विदेशी खेलाडीको एक रिक्त स्थानमा सेल्डन फिलिप ज्याक्सनलाई अनुवन्धित गरेको छ । उनी भारतीय खेलाडी हुन् । ज्याक्सनसँग राष्ट्रिय टिमबाट खेलेको अनुभव भने छैन ।

उनले फस्र्ट क्लासका १०६ म्याच खेलेको अनुभव छ, जसमा उनले २१ शतक र ३९ अर्धसतक बनाएका छन् । सन् २०१२–१३ को रणजी ट्रफी सिजनमा उनले साराष्ट्रबाट चार अर्धसतक र तीन सतक हान्दै सनसनीपूर्ण प्रदर्शन गरेका थिए ।

us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!