बैतडीमा तेजबहादुर चन्द स्मृति पालिकास्तरिय भलिबल प्रतियोगिता सुरु

बैतडी : बैतडीमा ‘मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता’ आजदेखि औपचारिक रूपमा सुरू भएको छ।

प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा सुर्नया गाउँपालिकाले दोगडाकेदार गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरूआत गरेको छ। सुर्नयाले पहिलो सेट २५–१८, दोस्रो २५–२२, र तेस्रो २५–२३ को अन्तरमा जित हासिल गरेको रेफ्री संयोजक हरिसिंह भण्डारीले जानकारी दिनुभयो।

मैनेजर तेजबहादुर चन्द ट्रस्टको आयोजनामा सञ्चालित यस प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै स्थानीय तहको सहभागिता रहेको छ। प्रतियोगिता फागुन १८ गतेसम्म सञ्चालन हुनेछ।

विजेता टिमलाई नगद १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै, तृतीय स्थान हासिल गर्ने टिमलाई ३५ हजार, सान्त्वना पुरस्कारस्वरूप १५ हजार, र उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने ट्रस्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिनुभयो।

गोठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीले गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै उहाँले खेलकुदलाई उच्च प्राथमिकतामा राख्दै खेलाडीको विकास तथा खेल पूर्वाधार निर्माणमा विशेष ध्यान दिइएको उल्लेख गर्नुभयो।

मैनेजर तेजबहादुर चन्द ट्रस्टका अध्यक्ष ईन्जिनियर ग्रिस चन्दको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। उद्घाटनअघि स्थानीय सांस्कृतिक परम्परा अनुरूप छलिया नृत्य तथा बाजागाजासहित र्याली निकालिएको थियो।

दशरथचन्द नगरपालिका–५ निवासी स्व. तेजबहादुर चन्द नेपाल बैंक लिमिटेडका क्षेत्रीय प्रबन्धक हुनुहुन्थ्यो।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!