काँग्रेस र एमालेले देश खरानी बनाए : भिम रावल

बैतडी : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता डा. भिम रावलले नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले देश खरानी बनाएका बताएका छन् ।

बिहीबार बैतडी जिल्ला सदरमुकाम गोठलापानीमा नेकपाले आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले सरकारी संरचना क्षती र मानवीय क्षतीको जम्मा दिनु पर्ने रावलको भनाई थियो ।

उनले भने, काँग्रेस नेता तथा गृहमन्त्री लेखक राजीनामा दिएर भागे, केपी ओली सेनाको जहाज चढेर भागे भाग्नेहरुलाई अबका चुनाबमा जनताले सजाय दिनुर्पछ। रावलले थपे, काँग्रेसले केपीले गरेका गलतकामा साथ दिएको तथा एमाले, काँग्रेसलाई जेन्जी आन्दोलनपछि पनि देश विकासको कुनै चिन्ता नदेखिएको छैन्।

नेता रावलले सुदूरपश्चिम प्रदेशको समस्या समाधन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको जिकिर गर्दै यसलाई साथ दिन पनि सबैलाई आग्रह गर्नुभयो । नेता रावलले सुदूरपश्चिम प्रदेशका कठिनाइलाई सम्बोधन गर्न पनि आफ्नो पार्टी तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अब प्रतिनिधि सभाको निर्वाचन फागुन २१ मा होस्, वा अरू दिन होस् । अब नेपाली कम्युनिष्ट पार्टी यो देशको प्रमुख राजनीतिकक शक्ति भएर तपाईंहरूलाई नेतृत्व दिनेछ । त्यो कुरामा तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु । यसमा तपाईंहरूले होष्टेमा हैसे दिनुहोस् । यो सुदूरपश्चिको नदी, विभिन्न सिंचाई आयोजना, हाम्रा वनस्पती, हाम्रो कृषि, युवाहरूको रोजगारीका लागि तपाईंहरू हामीलाई साथ दिनुहोस्, हामी दृढतापूर्वक तपाईंहरूलाई साथ दिन तयार छौँ । तपाईंहरूको कठिनाइमा नेपाली कम्युनिष्ट पार्टी सदा तयार छ ।’

उनले एकता सभाले जनतालाई नेपाली कम्युनिष्ट पार्टी गठनको उद्देश्य आमनागरिकमा लैजान नेता तथा कार्यकतालाई आग्रह गरे । विभिन्न बाम घटकहरुबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टीको गठन भएपछि पार्टीको एकताका बिषयमा आम नागरिक र कार्यकर्तालाई जानकारी गराउन एकता सन्देश सभाको आयोजना गरिएको नेकपा मुल आयोजक समिति सदस्य तथा सभाका अध्यक्ष प्रमान्द भट्टले बताए ।

नेपाली कम्युनिष्ट पार्टीको नीति,सिद्धान्त र औचित्यका बिषयमा आम नागरिक प्रष्ट हुनु पर्ने उनको भनाई थियो ।

विभिन्न कम्युनिष्ट पार्टीहरुबीच एकता भएपछि शक्ति प्रदर्शनको रुपमा समेत नेकपाले एकता सन्देश सभाको आयोजना गर्दै आएको छ । सुदूरपश्चिमका सबै जिल्लाहरुमा एकता सन्देश सभाको आयोजना गर्ने क्रममा आज बैतडीमा सन्देश सभा सम्पन्न गरिएको भण्डारीले बताए ।

सन्देश सभामा नेकपाका बरिष्ठ नेता रावल, भानुभक्त जोशी, प्रकाश शाह, खगराज भट्ट, शेरबहादुर कुँवर, परमानन्द भट्ट, नरेन्द्र कुँवर, प्रेमप्रकाश भट्ट, माया भट्ट, निरा जैरु लगायतका नेताले सम्बोधन गरेका थिए ।

us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!