बैतडी जन्ती बस दुर्घटना : आर्यघाटमा सँगै लगियो आठ शव

बैतडी  : बैतडी बस दुर्घटनामा ज्यान गुमाएका १३ जनामध्ये आठ जनाको शव आर्यघाट पुर्‍याइएको छ । पुर्चौडी नगरपालिका– ७ मा बिहीबार साँझ जन्ती सवार बस दुर्घटना हुँदा ज्यान गुमाएका आठ जनाको शव सँगै लगेर बझाङको बागथलास्थित कालंगा आर्यघाट पुर्‍याइएको हो ।

बित्थडचिर गाउँपाकिाल– ७ लगुणासाका नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी, वसन्तराज जोशी, केशवराज जोशी, अशोकराज जोशी, किसनदत्त जोशी, बिसनदत्त जोशी र सोही वडाको धामी गाउँका दीपकराज जोशीको शव अन्त्येष्टिका लागि आर्यघाट पुर्‍याइएको स्थानीय मुकुन्द जोशीले जानकारी दिए । ‘केही मृतकका छोरा काठमाडौंमा थिए,’ जोशीले भने, ‘अझै पुगिसकेका छैन । उहाँहरूलाई आर्यघाटमै पर्खिरहेका छौँ ।’

मृतकमध्ये नरेन्द्रराज र विष्णुदत्त सहोदर दाजुभाइ हुन् । नरेन्द्र बित्थडचिर– ७ का वडा सचिव थिए भने भाइ विष्णु स्थानीय महादेव माविमा अङ्ग्रेजी शिक्षक थिए । यस्तै, वसन्तराज मृतक नरेन्द्र र विष्णुका भतिजा हुन् । दुर्घटनामा ज्यान गुमाउने केशवराज जोशी र अशोकराज जोशी बाबुछोरा हुन् । उनीहरू पनि नरेन्द्र र विष्णुकै बाजे भाइतर्फका परिवारका सदस्य हुन् ।

मृतक १३ मध्ये दुई जना भने केदारस्यू गाउँपालिकाका र दुई जना अवस्थी गाउँका हुन् । मृतक सुशील जोशी भने पुर्चाैडी गाउँपालिका बैतडीका हुन् । उनी दुलहीका सहोदर भाइ हुन् ।

us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!