डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुष १७ गतेबाट सुरु हुने भएको छ । नवदुर्गा गाउँपालिका–१ कोटेलीस्थित चोरा खेलग्राममा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने निमित्त प्रमुख प्रशासकिय अधिकृत पुष्पराज जोशीले बताए ।
गाउँपालिकास्तरीय रनिङ शिल्डको एक औपचारीक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले उद्घाटन गर्ने छन् । गाउँपालिकाको आयोजनामा भइरहेको प्रतियोगितामा ७ वटा मावि विद्यालयको सहभागिता जनाउने छन् ।
उनका अनुसार छात्र–छात्रा भलिबल, कबड्डी, एथलेटिक्स प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ।
