डडेल्धुरामा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा दुईजना घाइते

डडेल्धुरा: जिल्लाको नवदुर्गा गाउँपालिका–१ अशुर्पास्थित बेलापुर पक्की सडक खण्डमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक नवदुर्गा गाउँपालिका–४ का ४५ वर्षीय कर्णबहादुर बोहरा र पछाडि सवार सोही ठाउँका ४२ वर्षीय कृति बिष्ट घाइते भएका हुन्। बिष्टको टाउकोमा र बोहराको घुँडामा चोट लागेको छ। दुवैको अवस्था सामान्य रहेको र उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

आज बेलुकी डडेल्धुराबाट बेलापुरतर्फ जाँदै गरेको से ७ प ७२५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सुपप्र ०४–००१ झ ००१४ नम्बरको नवदुर्गा गाउँपालिकाको एम्बुलेन्स एकआपसमा ठोक्किएका हुन्।

एम्बुलेन्स चालक ४३ वर्षीय जयबहादुर साउँद रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!