बैतडीबाट सुदूरपश्चिम विकासको आवाज, पत्रकार महासंघद्वारा घोषणापत्र जारी

बैतडी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिमको समग्र विकासलाई केन्द्रमा राख्दै घोषणापत्र जारी गरेको छ।

पनिबैतडीकाे खाेचलेक शनिबार सम्पन्न भेलामा घोषणापत्र सार्वजनिक गर्दै  सुदूरपश्चिमको दिगो र समावेशी विकासका लागि सबै पक्ष एकताबद्ध हुन आह्वान गरेका महासचिव शिवराज भट्टले बताए।
घोषणापत्रमा इतिहास, संस्कृति र प्राकृतिक सम्पदाले सम्पन्न भए पनि विकासका दृष्टिले पछाडि परेको बैतडी जिल्लाको अवस्थालाई उजागर गर्दै राजनीतिक दल, स्थानीय सरकार, सञ्चार क्षेत्र, नागरिक समाज, निजी क्षेत्र तथा सम्पूर्ण जनसमुदायको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरिएको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रदेशभरका पत्रकार, सञ्चारकर्मी तथा मिडिया हाउसहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने र स्थानीय सञ्चारमाध्यम प्रवर्द्धनका लागि स्थानीय तहले स्पष्ट कार्यविधि निर्माण गर्नुपर्ने विषय घोषणापत्रमा समेटिएको प्रदेश अध्यक्ष भरत शाहले बताए।
समग्र सुदूरपश्चिमको दिगो विकाससँग जोडिएका पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत आयोजना र झुलाघाट मोटरेबल पुलजस्ता राष्ट्रिय गौरवका आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई दबाब दिने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ।
यस्तै,  पहाड र तराईका जिल्लालाई जोड्ने महाकाली करिडोरको काम प्रभावकारी ढंगले सञ्चालन गर्न सरकारलाई आग्रह गरिएको छ।
घोषणापत्रमा बैतडी जिल्लामा रहेका पातालेश्वर, खप्तड, सिगास संरक्षित क्षेत्र, त्रिपुरा सुन्दरी, निङ्लासिनी, डिलाशैनी, मेलौली, उदयदेव र  बनारसी धामलगायत धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ।
त्यसैगरी, दाेगडाकेदार गाउँपालिकामा रहेको फस्फोराइट खानी तथा सम्भावित सिमेन्ट खानीको उत्खनन र प्रशोधन गर्दा वातावरणीय सन्तुलन कायम गर्न सरकारलाई दबाब दिने विषय पनि घोषणापत्रमा समावेश गरिएको छ।
सार्वजनिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय सम्पदाको लागत संकलन, अभिलेखीकरण तथा संरक्षण–संवर्द्धन कार्यक्रम सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिमको विकासका लागि सबै सरोकारवाला एकजुट हुनुपर्ने सन्देश दिएको छ।

 

us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!